दूरदृष्टि (Vision):

राप्ती क्षेत्रकै एक परिष्कृत, अत्याधुनिक, प्रविधिमैत्री र ६०० शय्याको विशिष्टिकृत प्रादेशिक अस्पतालको रूपमा स्थापित हुने।

ध्येय र लक्ष्य (Mission & Goals):

सीमित भौतिक र जनशक्तिगत स्रोतका बावजुद, आन्तरिक व्यवस्थापनलाई चुस्त बनाई आम नागरिकलाई मर्यादित, बिरामीमैत्री, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने।

मुख्य उद्देश्य तथा आगामी कार्ययोजनाहरू (Objectives & Future Plans):

  • ६०० शय्याको गुरुयोजना कार्यान्वयन: लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलको दीर्घकालीन सोच अनुसार अस्पताललाई ६०० शय्यामा विस्तार गर्न विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार भइसकेको परिप्रेक्ष्यमा, यस गुरुयोजनालाई मन्त्रालयसँगको समन्वयमा अगाडि बढाउने।
  • जनशक्ति व्यवस्थापन: हाल संगठन तथा व्यवस्थापन (O&M) सर्भे अनुसार २०० शय्याका लागि नयाँ स्वीकृत दरबन्दी सिर्जना र पदपूर्तिको पहल गर्ने।
  • प्रविधिमैत्री सेवा: बिरामीको चापलाई व्यवस्थित गर्न टोकन प्रणाली (Token System) लागू गर्ने र नाम दर्ता गर्ने काम पूर्ण रूपमा अनलाइन प्रणाली (Online System) मा लैजाने।
  • विशिष्टिकृत सेवा र पूर्वाधार विकास: चौधरी समुदायमा रैथाने स्वास्थ्य समस्याको रूपमा रहेको सिकलसेल एनिमिया (Sickle Cell Anemia) रोगको उपचार र व्यवस्थापनका लागि विशेष कार्य गर्ने।
  • भौतिक पूर्वाधार सुधार: अस्पतालको स्वामित्वमा रहेको जग्गाको सदुपयोग तथा अतिक्रमण रोकथाम गर्ने, पुरानो सामग्री व्यवस्थापन गर्ने, शव वाहन र एम्बुलेन्स सेवालाई गुणस्तरीय बनाउने, तथा अस्पताल परिसरमा पर्खाल (कम्पाउन्ड वाल) लगाउने कार्य सम्पन्न गर्ने।