प्रदेश सरकार
लुम्बिनी प्रदेश
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर दाङ
English
नेपाली
Dr.Padma Raj Adhikari
डा. पद्मराज अधिकारी

मेडिकल सुपरिटेन्डेन्ट

परिचय

 अस्पत्तालको विगत र बर्तमान


दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नं.५ तुलसीपुर नामिनगरमा अवस्थित यो राप्ती प्रादेशिक अस्पताल  वि.सं. २०६४ असार ७ गते पूर्व प्राथमिक स्वस्थ्य केन्द्रको रुपमा तुलसीपुरका बासिन्दाहरुलाई पुर्याएको स्वास्थ्य सेवा सामान्य र अपर्याप्त हुंदा उक्त समयमा अन्य अञ्चलहरुमा अस्पताल  भैसक्दा पनि राप्ती अञ्चलमा एउटा अस्पताल  नहुनु विडम्बनाको कुरा थियो । जिल्लामा जिल्ला अस्पत्तालको रुपमा जिल्ला सदरमुकाम घोराहीमा महेन्द्र अस्पताल मात्र भएको तर जनताको आधारभूत स्वास्थ्य सम्बन्धी आवस्यकता उक्त अस्पताल बाट मात्र पूरा हुन नसकेको अवस्थामा तत्कालीन राप्ती अञ्चलको सदरमुकाम तुलसीपुर जुन राप्तीका रोल्पा,रुकुम,सप्यान,प्यूठान र दाङको समेत केन्द्र रहेको र राप्ती बासीहरुलाई स्वस्थ्य सेवा उपलब्ध गराउनु पर्ने महशुस गरी राप्ती अञ्चलको तुलसीपुरमा अस्पत्ताल स्थापना गर्नु पर्छ भन्ने मनसायका साथ तुलसीपुरका उद्योगी,ब्यवसायी,समाजसेवी,राजनितिकर्मी लगायत लब्धप्रतिष्ठित ब्यक्तिहरुको उपस्थितिमा मिति २०६३ असोज २६ गते सर्वदलीय सर्वपक्षीय उपस्थितिमा प्रेस सम्मेलन उ.वा.संघ तुलसीपुमा सम्पन्न भयो । उक्त सम्मेलनमा सबै अञ्चल बासीहरु आफ्नो हक अधिकारको लागि जुर्मुराएको र संघर्ष समितिको हरेक कदममा साथ दिने बचन वद्धता ब्यक्त गरेका थिए । तत्पश्चात मिति २०६३ असोज २७ मा अञ्चल अस्पताल स्थापनार्थ जिल्ला प्रशासन कार्यालय मार्फत सम्माननीय प्रधानमन्त्रीज्यूलाई ज्ञापन पत्र बुझाइएको थियो । यसैगरी अस्पताल का  लागि पूर्वाधार विकासको समेत आबश्यकता ठानी आवश्यक रकमको ब्यवस्था गर्न मिति २०६३ फागुन १५ गते तुलसीपुरमा वृहत् भेलाको आयोजना गरियो सो भेलाबाट प्रतिष्ठित ब्यापारी उत्तमकुमार श्रेष्ठको अध्यक्ष्यतामा १००८ सदस्य रहेको मूल आयोजक समिति गठन गरी फागुन १६ मा बिभिन्न उपसमितिहरु बनाई मूल आयोजक समितिको निर्णय अनुसार २०६३ फागुन २६ गतेदेखि हर्षोल्लासका साथ महापुराण वाचिका विदुषी सुश्री तारा घिमिरेज्यूबाट अस्पत्ताल स्थापना र निर्माणार्थ महापुराण संचालन गरियो जस्मा महापुराण बाचन कला...